समाजवादी सँस्कृतिक महासंघ सप्तरी गठन, अध्यक्षमा सिंह

राजविराज । समाजवादी सँस्कृतिक महासंघ जिल्ला कार्य समिति सप्तरी गठन भएको छ । विहिवार राजविराजमा आयोजना गरिएको एक कार्यक्रमकाबीच भूषण सिंहको अध्यक्षतामा जिल्ला कार्य समिति गठन भएको हो ।

गठित समितिको वरिष्ठ उपाध्यक्षमा कैलाश झा, उपाध्यक्षमा अशोक कुमार राम, महिला उपाध्यक्षमा रमिला साह, सचिवमा विध्यानन्द वेदर्दी, सह सचिवहरुमा गजेन्द्र गजुर र देबेन्द्र सोनि तथा कोषाध्यक्षमा दिल कुमारी चौधरी चयन भएका छन् ।

त्यसैगरी समितिको सदस्यहरुमा सुभाष विरपुरिया, कुमार बब्लु, मुकतार आलम, रामनाथ राम, सरोज सुर्यबंशी, दीपेन्द्र कुमार राम, टिक बहादुर तामाङ, बद्री नारायण यादव, भुपेन्द्र राई, राम कुमार मण्डल, संतोष कुमार सानू, तेजु मैथिली छन् ।

त्यसैगरी शिवशंकर यादव, अर्साद मन्सुरी, अशोक कुमार झा, सरोज कुमार राय, रामविलास राम, पंकज कुमार साह, सत्य नारायण यादव, राम कुमार यादव सदस्यमा सर्वसम्मतिले चयन भएको जनाएको छ ।

सामाजवादी सँस्कृतिक महासंघका केन्द्रिय सदस्य गोपाल प्रसाद चौधरीको अध्यक्षता तथा प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा समितिको सल्लाहकारहरुमा निर्मला चौधरी, करुणा झा, सत्यदेव यादव, राम कुमार सिंह, अखिलेश्वर झा, राधव झा, हरिबंश यादव विरेन्द्र सप्तरीया चयन भएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780