उदयपुरमा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सोस्थित नाला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका ५६ वर्षीय झर्कबहादुर सार्की छन् । नाला खन्ने क्रममा माटोको ढिस्को झर्दा उनको शरीरका विभिन्न भागमा चोट लागेको थियो ।

गम्भीर घाइते भएका सार्कीको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस