सप्तरीमा महिलाभन्दा पुरुष बढी

राजविराज, १४ माघ । केन्द्रीय तथ्यांक विभागले गत बुधवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकभर पुरुषभन्दा महिलाको जनसंख्या छ लाख ९ हजार ८५८ बढी छन् । तर, सप्तरीमा भने महिलाभन्दा पुरुषको जनसंख्या बढी रहेको पाइएको छ ।

नतिजाअनुसार सप्तरीमा सात लाख ११ हजार ७ सय जनसंख्या छन् । जसमा पुरुषको संख्या ३ लाख ५७ हजार ५७५ छन् भने महिलाको संख्या ३ लाख ५४ हजार १ सय ८३ रहेको तथ्यांकमा छ ।तथ्यांकअनुसार महिलाभन्दा ३ हजार ३९२ बढी पुरुष छन् ।

सबैभन्दा बढी राजविराज र सबैभन्दा कम सप्तकोशीमा

केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक तथ्यांक अनुसार यहाँ एक लाख ५१ हजार २९१ परिवार छन् । त्यस्तै एक लाख २४ हजार ३२४ घर संख्या रहेको तथ्यांकमा उल्लेख छ ।

कुल १८ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी राजविराजमा नगरपालिकामा ७१ हजार ९ सय ४६ जनसंख्या छन् भने सबैभन्दा कम सप्तकोशी नगरपालिकामा २३ हजार ८९१ जनसंख्या रहेको देखिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780