कांग्रेस सर्लाही सभापतिमा देउवा समूहका सिंह निर्वाचित

सर्लाही । नेपाली कांग्रेस सर्लाही सभापतिमा संस्थापन पक्षका सुरेन्द्रप्रसाद सिंह निर्वाचित भएका छन् । आइतबार मध्यराति सार्वजनिक मतपरीणाम अनुसार एक उपसभापतिबाहेक सबै पदाधिकारीमा संस्थापन पक्ष निर्वाचित भएको हो।

सिंहले १ हजार ७५८ मत ल्याएका छन् भने संस्थापनइतरका प्रत्यासी लक्ष्मण रायले १ हजार ३७८ मत ल्याए । निर्वाचन समितिका अनुसार ३ हजार २७५ मतमध्ये ३ हजार १७४ मत खसेको थियो ।

उपसभापतिमा भने संस्थापनइतरका नवीन अधिकारी १ हजार ४९३ मतसहित विजयी भए। उपसभापतिमै संस्थापनबाट डा. सरोज कुमार (राजु) १ हजार ७६४ मतसहित निर्वाचित भएका छन् ।

सचिवमा संस्थापनका निरज कार्की १ हजार ७२६ र मनोज यादव १ हजार ४२६ मतका साथ विजयी भए । सहसचिवमा संस्थापनकै इन्द्रबहादुर योञ्जन १ हजार ७११ र सुनिलकुमार कुशवाहा १ हजार ५७९ मत सहित निर्वाचित भएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस