घर विहिनहरुको व्यवस्थापन नगरी सुन्दर शहरको परिकल्पना गर्न सकिदैन : मुख्यमन्त्री राउत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आधुनिक शहर निर्माणका लागि एकीकृत शहरी विकास योजना निर्माण हुनु पर्नेमा जोड दिएका छन् । विहिवार संघीय शहरी विकास मन्त्रालयले जनकपुरधाममा आयोजना गरेको राष्ट्रिय शहरी नीति र शहरी विकास ऐन तर्जुमा सम्बन्धी प्रदेश स्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘जथाभावि भौतिक संरचना निर्माणले शहरहरु कुरुप बन्दै गएको छ’ उनले भने–‘व्यवस्थित शहरी विकासकालागि संघ सरकारलाई प्रत्येक प्रदेशमा एकीकृत विकास प्राधिकरण गर्न आग्रह छ ।’ स–साना योजनाहरुले विकासभन्दा पनि शहरहरुलाई कुरुप र अव्यवस्थित बनाउदै गएको हुँदा त्यस्ता योजनाहरुलाई तत्काल रोक्नुपर्ने उनको कथन छ ।

नयाँ राष्ट्रिय शहरी नीतिमा आवास विहीनहरुको लागि एकीकृत वस्ती विकासको योजना समेत समेटन आग्रह गर्दै मुख्यमन्त्री राउतले घर विहिनहरुको व्यवस्थापन विना सुन्दर सहरको परिकल्पना समेत गर्न नसिकने बताए । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेश प्रदेशका विभिन्न स्थानीय तहका प्रमुख उपप्रमुखहरुले निर्माधिन नयाँ नीतिमा आ–आफनो सुझाव राखेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस