ज्यान मुद्दामा तीन जना पक्राउ

राजविराज । सप्तरीमा ज्यान सम्बन्धी कसुरमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको रूपनी गाउँपालिका–५ का २१ वर्षीय रामप्रवेश खंग, जयराम खंग र सोही ठाउँका २० वर्षीय दीपक कुमार खंग रहेका छन् ।

सोही ठाउँका २५ वर्षीय असांरूल मियाँ गत चैत ७ गते पोखरीमा मृत भेटिएका थिए । मृतकको बुबा ताहिर मियाँले प्रहरीमा दिएको किटानी जाहेरी अनुसार घटनामा संलग्न रहेका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । घटना बारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

 

 

Author:



क्याटोगरी छान्‍नुहोस