गृहमन्त्री खाँण राजविराजमा

राजविराज, २२ वैशाख । गृहमन्त्री बालकृष्ण खाँण विहिवार विहान सप्तरी आइपुगेका छन् । निर्वाचनको सुरक्षा अवस्था बारे जानकारी लिन उनी विराटनगर हुँदै सप्तरी आइपुगेका हुन् ।

निर्वाचन सुरक्षाबारे राजविराजमा आयोजना हुने गोष्ठीमा मन्त्री खाँण सहभागी हुने सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

साे गोष्ठीमा सप्तरी, उदयपुर र सिरहाका प्रमुख जिल्ला अधिकारीहरुको सहभागिता रहने बताइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस