निवर्तमानलाई हराउँदै हनुमाननगरमा जनमतका विरेन्द्र विजयी

राजविराज, ४ जेठ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुख पदमा जनमत पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । जनमतका मेयर पदका उम्मेदवार बिरेन्द्र माझीले ६ हजार ४०७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का मेयर पदका उम्मेदवार शैलेशकुमार साहले ६ हजार २४६ मत प्राप्त गरेका छन् । साह निवर्तमान मेयर हुन् भने सप्तरी निर्वाचन क्षेत्र नं १(ख) को प्रदेश सभा सदस्य एवम् मधेश प्रदेशका समाजिक विकास मन्त्री नवलकिशोर साहको पुत्र हुन् ।

त्यस्तै, उपमेयरमा जसपाकी उम्मेदवार सरितादेवी यादव सिपालिया निर्वाचित भएकी छिन् । उनले ६ हजार ५१२ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनमतकी रेखादेवी मण्डलले ५ हजार ९८२ मत प्राप्त गरिन ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780