मधेश केन्द्रीत दलहरु एकढिक्का हुनु आवश्यकः अध्यक्ष उपेन्द्र

जनकपुरधाम, २९ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) लोकतान्त्रिकबीच पार्टी एकिकरण भएको छ । आइतवार जनकपुरधाममा आयोजना गरिएको एकिकरण समारोहमा जसपा र रितेश सिंह नेतृत्वको राजपा लोकतान्त्रिकबीच पार्टी एकिकरण भएको हो ।

पार्टी एकिकरण समारोहमा बोल्दै जसपाका अध्यक्ष उपेन्द्र यादवले अहिलेको आवश्यकता नै मधेश केन्द्रीत दलहरु एकजुट भएर अघि बढ्नु रहेको बताए । उनले मधेश केन्द्रीत दलहरु एकढिक्का भए मात्रै मधेशका मुद्दाहरु समाधान गर्न सकिने बताए ।

‘अहिले जनताको चाहना पनि मधेश केन्द्रीत दलहरुबीच एकता हुनु नै हो’ उनले भने–‘सोहीअनुसार हामीलाई पनि एकढिक्का हुनु आवश्यक छ ।’ उनले यहाँका अन्य दललाई पनि विगतका समिक्षा गरेर एकताका लागि आह्वान गरे ।

पार्टी एकीकरण समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री समेत रहेका जसपाका कार्यकारिणी सदस्य लालबाबु राउत लगायतका नेताहरुको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस