मधेश प्रदेश सरकारद्वारा ‘प्रादेशिक कृषि गुरु योजना’को लागि ५० लाख विनियोजन

जनकपुरधाम, १ असार । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ‘प्रादेशिक कृषि गुरु योजना’ तयार गर्नको लागि ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले बुधवार आर्थिक वर्ष ०७९।०८० को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

उनले कृषि क्षेत्रको समष्टिगत विकासको सम्भावना, विकास तथा प्रवद्र्धन, कृषिलाई आधुनिकीकरण र व्यवसायीकीकरण गरी कृषिमा आत्म निर्भर हुनुका साथै निर्यात प्रवद्र्धन समेतको लागि दिर्घकालीन आवश्यकता भएअनुरुप प्रादेशिक कृषि गुरु योजना तयार गर्न लागेको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस