पर्सामा जलाउँदै गरेको किशोरीको शव प्रहरीको नियन्त्रणमा, तीन जना पक्राउ

वीरगञ्ज । प्रहरीले पर्साको बहुदरमाई नगरपालिकामा जलाउँदै गरेको अवस्थामा एक १४ वर्षीया किशोरीको शव नियन्त्रणमा लिएको छ । वडा नम्वर ७ छपकैयास्थित आर्यघाटमा जलाउँदै गरेको सो शव बुधवार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।

सो शव आधा जलिसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए । प्रहरीका अनुसार शंकास्पद रुपमा मृत्यु भएकी महिमा कुमारीको शव गाउँले र प्रहरीलाई जानकारी नै नदिई परिवारले अन्त्येष्टि गर्न लागेका थिए ।

सो बारे जानकारी आएसँगै खटिएको प्रहरीले टोलीले महिमाको शव नियन्त्रणमा लिएको छ भने अनुसन्धानका लागि मृतककी दिदी, आमा र ठूलीआमालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

सो परिवारका पुरुषहरु भने फरार छन् । उनीहरुको खोजी कार्य भइरहेको छ भने महिमाको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा अस्पताल पठाइएको छ । उता, परिवारले भने घरमै विष सेवन गरेर महिमाले आत्महत्या गरेको दाबी गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस