बकर इद पर्वले भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस्ः मुख्यमन्त्री राउत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मावलम्बहरुको चाड इद–ऊल–अजहा (बकर इद)को अवसरमा शुभकामना दिएका छन् ।

उनले शनिवार शुभकामना संदेश जारी गर्दै पर्वले मधेश प्रदेशका साथै मुलुकमै भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस् भनि कामना गरेका हुन् । ‘यस महान पर्वले मधेश प्रदेशका साथै मुलुकमै भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस् भनि कामना गर्दछु’, संदेशमा उल्लेख गरेका छन् ।

मुख्यमन्त्री राउतले बकर इद पर्वको अवसरमा प्रदेश सरकारले असार २६ गते वार्षिक क्यालेन्डरमै सुनिश्चित गरी विदा समेत दिएको उल्लेख गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस