सर्लाहीका तत्कालीन गाविस सचिव झाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको साविक सलेमपुर गाविसका तत्कालीन सचिव ध्रुवनारायण झाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

सचिव झाविरूद्ध ७ लाख ५१ हजार रुपैयाँ बिगो कायम गरी सार्वजनिक सम्पत्ति हानी–नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको हो ।

झाले गाविसमा विभिन्न योजना कार्यान्वयन एवं सेवा प्रवाहमा अनियमितता गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो । त्यसमा अनुसन्धान हुँदा झाले ७ लाख ५१ हजार रुपैयाँ रकम विभिन्न व्यक्तिको नाममा निकाली हिनामिना गरेको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

उनीमाथि लागेको आरोप पुष्टि भएपछि उनीमाथि सो रकम बिगो कायम गरी कैद सजाय समेत माग गरी अदालतमा आरोपपत्र दायर गरिएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस