सप्तरीमा छुट्टाछुट्टै घटनामा परेर दुईको मृत्यु

राजविराज, ३ भदौ । सप्तरीमा छुट्टाछुट्टै दुई स्थानमा भएको घटनामा परेर एक महिलासहित दुई जनाको मृत्यु भएको छ ।

करेन्ट लागेर जिल्लाको बोदे बरसाइन नगरपालिका–३ का १८ वर्षीय राम नरेश यादवको मृत्यु भएको छ भने केही दिनअघि मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएकी राजविराज नगरपालिका–९ की ४० वर्षीया अनुराधा मेहताको उपचारको क्रममा मृत्यु भएको हो ।

आफ्नै घरको टेवल पंखामा करेन्ट लागेर चिकिस्त बनेका यादवलाई उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

त्यस्तै, गत साउन २७ गते मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएकी मेहताको राजविराजस्थित गजेन्द्रनारायण सिह अस्पतालमा उपचार हुँदै आएको थियो । सोही क्रममा उनको गए राति मृत्यु भएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस