ड्रिजल कप क्रिकेट प्रतियोगिता सुरु

जनकपुरधाम । शिक्षान्तर स्कुल दोस्रो इपीएस ड्रिजल कप क्रिकेट प्रतियोगिताका ६ खेलहरु सम्पन्न भएको छ । नेपाल क्रिकेट इन्स्टिच्युटको आयोजनामा शनिवारबाट प्रतियोगिता आयोजना भएको हो ।

मिनभवनस्थित इपीएस स्कुलको प्राङगणमा उद्घाटन खेलमा अक्षरा ‘ए’ले इपीएसलाई ७ विकेटले पराजित गरे । त्यस्तै, दोस्रो खेलमा शिक्षान्तरलाई ५ विकेटले पराजित गर्दै अक्षरा ‘बी’ले विजय हासिल गरे ।

तेस्रो खेलमा भने अक्षरा ‘ए’ले न्यू इरालाई २७ रनले पराजित गर्दा चौैथो खेलमा नाइटिङेलले अक्षरा ‘बी’लाई ३४ रनले पराजित गरे । त्यस्तै सोही दिन भएको पाँचौं खेलमा न्यू इराले आफ्नो दोस्रो खेलमा पहिलो जित निकाल्दै इपीएसलाई ४ विकेटले पराजित गर्दा छैठौं खेलमा नाइटिङेलले शिक्षान्तरलाई १ सय रनले पराजित गरे ।

सो दिनको खेलमा जितसँगै समुह ‘सी’बाट अक्षरा ‘ए’ र न्यू इरा तथा समुह ‘डी’बाट अक्षरा ‘बी’ र नाइटिङेलले क्वाटर फाइनलमा स्थान बनाए । प्रतियोगिता अन्तर्गत मंगलबार समुह ‘ए’ र ‘बी’का खेलहरु हुनेछन् ।

प्रतियोगितामा काठमाडौं उपत्यकाका १२ विद्यालयहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको उपाधि विजेताले १४ हजार ५ सय र उप विजेताले ८ हजार नगदसहित प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीले ३ हजार ५ सय, उत्कृष्ट बलर र ब्याटसम्यानले समान २ हजार १ सय प्राप्त गर्नेछन् भने हरेक खेलका उत्कृष्ट खेलाडीलाई ५ सय प्रदान गरिने जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस