जनकपुरधाम । सरकारले ल्याएको अध्यादेश रोक्न खोजेको भन्दै नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले देशव्यापी आन्दोलनको घोषणा गरेको छ । सरकारले ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्न खोजेको भन्दै नेकपाले आन्दोलनको घोषणा गरेको हो ।
सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयका लागि ल्याइएको अध्यादेश रोक्ने षड्यन्त्र भएपछि संघर्षको कार्यक्रम घोषणा गरेको नेकपा प्रवक्ता खड्कप्रसाद विश्वकर्मा (प्रकाण्ड)ले बताए ।
नेकपाले पवुस १ गते देशव्यापी रुपमा गाउँदेखि शहरसम्म प्रदर्शन, २ गते देशव्यापी रुपमा कोणसभा, ३ गते देशव्यापी सदरमुकाम र मुख्य शहरमा अन्तक्रिया, ४ गते साँझ देशव्यापी मसाल जुलुस र ५ गते बिहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम गर्ने उनले बताए ।
सरकारले ल्याएको अध्यादेश अहिले शितलनिवासमा पुगेर रोकिएको छ। त्यसको चौतर्फि विरोध भइरहेको छ ।
अध्यादेश जारी भएपछि विप्लवसहित सिके राउत, रेशम चौधरीलगायतका व्यक्तिहरूले नेतृत्व गरेका राजनीतिक समूहका नेता कार्यकर्तालाई रिहा गर्न बाटो खुल्छ ।