मुस्लिम र थारुलाई किन हटाइयो मधेशी सूचीबाट ?

जनकपुरधाम – मधेशी आयोगले मुस्लिम र थारुलाई मधेशीको सूचीबाट हटाएको छ । मधेशी आयोगद्वारा गरिएको ‘नेपालमा मधेशी समुदायको थर सूचीकरण–२०७८’ को उपसमूह–१ मा रहेको थारु र २ मा रहेको मुस्लिमलाई हटाएको हो ।

मधेशी आयोगकी उपसचिव सबिता डङ्गोलले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मधेशी आयोगले थारु र मुस्लिम आयोगका अध्यक्ष सहितको पदाधिकारीहरूले सार्वजनिक रूपमा थारु र मुस्लिम समुदायको अलगै पहिचान र सभ्यता रहेको र सो मधेशी समुदायसँग मेल नखाने भएकोले सुचीबाट हटाएको बताएकी छिन् ।

यस्तो निर्णयमा मधेशी आयोगको विरोध गर्नुपर्ने कुनै तर्क नरहेको उनको उल्लेख गरेकी छिन् । थारु र मुस्लिम आयोगसँगै थारु साहित्य समाज, थारु कल्याणकारिणी सभालगायत दर्जनौँ संघ–संस्थाहरुले मधेशी आयोगमा थारु र मुस्लिमलाई मधेशीको सुचीबाट हटाउन निवेदन दिएको आयोगकी उपसचिव डंगोलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस