जनमत पार्टीका उपाध्यक्ष एवम् पूर्वमन्त्री खानको ‘भर्चुअल सेक्स’ काण्ड

राजविराज – जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष एवम् पूर्वमन्त्री अब्दुल खानको ‘भर्चुअल सेक्स’ काण्ड बाहिरिएसँगै सामाजिक सञ्जाल तातिएको छ । खानले ह्वाट्सएपमा एउटी महिलासँग ‘भर्चुअल सेक्स’ गर्दै गरेको भिडिओ यतिवेला ‘प्राइभेट ग्रुप’हरुमा आक्रमक ढंगले ‘शेयर’ भइरहेको छ ।

खानको सो असामाजिक गतिविधि लक्षित अनेकथरी टिकाटिप्पणी भइरहदा समेत सीके राउत नेतृत्वको जनमत पार्टीले भने प्रतिक्रिया जनाएको छैन् । बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका–११ ओसीपुर निवासी खान जनमत पार्टीका समानुपातिकबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् भने हाल उनी पार्टीका संसदीय दलको उपनेता पनि हुन् ।

पछिल्लो पटक जनमत पार्टी सरकारमा रहदा खानले खानेपानी मन्त्रालयको जिम्मेवारी समेत पाएका थिए । पछि गत चैत्र १७ गते शुक्रवार खानले मन्त्री पदबाट राजीनामा दिए । यद्यपी, ‘भर्चुअल सेक्स’ काण्डमा पार्टी मौन छ ।

पार्टीको उच्च पदमा रहेका नेताको लज्जास्पद हर्कतले नेपाली समाजलाई लज्जित तुल्याएको नागरिक अगुवाहरु बताउँछन् । ‘यतिका भइरहदा समेत पार्टीले औपचारिक रुपमा प्रतिक्रिया नजनाउनुले पार्टीका अन्य नेताहरुमाथि पनि नैतिकताको प्रश्न खडा हुन्छ नै’ स्थानीय पप्पुकुमार यादवले भने, ‘यस्ता हर्कतले नेपाली समाज र देशलाई कुन बाटोतिर धकेल्नेछ भन्ने स्पष्ट हुनु जरुरी छ ।’

सुरुदेखि नै जनमत पार्टी फरक–फरक विषयले विवादीत नै रहेको भन्दै उनले अहिलेको यो काण्डमा पार्टीले आफ्नो धारणा स्पष्ट गर्नुपर्ने बताए । ‘जनमत पार्टीले यसरी नै देशलाई युरोप बनाउन खोजेको हो भन्ने भन्नु केही छैन्’ उनले भने, ‘त्यसो होइन् भने अविलम्व यो काण्डमा पार्टीले आम जनतालाई स्पष्ट गर्नुपर्छ ।’

के भन्छन् सांसद खान?

जनमत पार्टीका उपाध्यक्ष एवम् सांसद खानले त्यो ‘भर्चुअल सेक्स’ काण्डबाला भिडिओ आफ्नो नरहेको दावी गरे । ‘जे भिडिओ छ, त्यही न हो । इडिट गरेर मेरो अनुहार जोडेको छ’ उनले मधेशलाइभसँग भने, ‘त्यो म होइन ।’

तपाईको होइन भन्ने कानूनी बाटो किन अपनाउनु भएन त? भन्ने प्रश्नमा उनले भने, ‘मिडियामा आएपछि मात्रै मलाई जानकारी भयो, अहिले म साइबर ब्युरोमै छु । मुद्दा हाल्दैछु ।’

Author:



क्याटोगरी छान्‍नुहोस