मेयर बालेन साहविरुद्धको रिटमा सुनुवाइ आज हुने

जनकपुरधाम – सिंहदरबारको फोहोर उठाउन आदेशको माग गर्दै काठमाडौँ महानगर प्रमुख बालेन साहविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा मंगलबार सुनुवाइ हुँदैछ।

प्रमुख प्रशासनिक केन्द्रको फोहोर नउठाउने काठमाडौँ महानगरपालिकाका मेयर बालेनविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सिंहदरबारको फोहोर उठाउन आदेशको माग गर्दै रिट दायर गरेका थिए ।

आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने दायित्व काठमाडौँ महानगरपालिकाको भएकाले कानुनविपरीत फोहोर संकलन नगरेकाले तत्काल संकलन गरी ल्यान्डफिल्ड साइडमा लैजान र नियमित फोहोर संकलन र बिसर्जन गर्न अधिवक्ता श्रेष्ठको रिटमा माग गरिएको छ।

रिटमा आज प्रारम्भिक सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780