सांसद अमरेशकुमार सिंहद्वारा संसदभित्रै कपडा खोलेर विरोध

जनकपुरधाम – स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभा बैठकमा बोल्न समय नदिएको भन्दै संसदभित्रै कपडा खोलेर विरोध जनाएका छन् ।

सोमबार बसेको बैठकको सुरुमै सिंहले बोल्नका लागि सभामुखसंग समय माग गरेका थिए । तर सभामुख देवराज घिमिरेले नियमित कार्यसूचीमा जाने र बोल्न समय दिन नमिल्ने बताएपछि सिंहले कपडा खोलेका थिए ।

सिंहले कपडा खोलेपछि सभामुख घिमिरेले असभ्य व्यवहार नदेखाउन चेतावनी दिए ।उनले सिंहले संसदीय मर्यादा कायम नगरे थप कारवाही गर्ने चेतावनी दिएपछि सिंहले कपडा लगाएका थिए । बैठकमा अन्य सांसदहरुले पनि बैठकको सुरुमै बोल्न माग गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस