खडकका भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु

राजविराज – सप्तरीको खडक नगरपालिकाका भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्नकालागि आइतवारदेखि निस्सा उपलब्ध गराइने कार्य सुरु भएको छ ।

नगरपालिकाले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय भूमि आयोग जिल्ला समिति सप्तरीले वडा नम्वर ३, ५, ६, ७, ९, १० र ११ गरी ७ वटा वडाका २ सय ८२ जनालाई निस्सा उपलब्ध गराइएको हो ।

नगर प्रमुख जय प्रकाश चौधरीको अध्यक्षता तथा राष्ट्रिय भूमि आयोग सप्तरीका अध्यक्ष हरेराम यादवको विशेष उपस्थितीमा निस्सा वितरण समारोहमा आयोगका जिल्ला सदस्य हरि महतो, नापी कार्यालय सप्तरीका प्रमुख शत्रुघन यादव लगायतको उपस्थिती थियो ।

कार्यक्रममा नगर प्रमुख चौधरीले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्नकालागि निस्सा दिन थालिएको बताए । उनले निस्सा प्राप्त गरे पछि दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु अब चाँडै लालपुर्जा पाउने जानकारी गराए ।

Author:



क्याटोगरी छान्‍नुहोस