नागरिकता विधेयक राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण

जनकपुरधाम – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। तत्कालीन राष्ट्रपति बिद्यादेवी भण्डारीले रोकेको सो विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।

अघिल्लो प्रतिनिधिसभाकै बेला संघीय संसद (राष्ट्रिय र प्रतिनिधि सभा) बाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई मन्त्रिपरिषद्को बैठकको आग्रहअनुसार संविधानको धारा ६१ र ६६ बमोजिम राष्ट्रपतिले सो विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जाने दिनमै राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्। आजै बिहान प्रधानमन्त्री प्रचण्ड शीतल निवास पुगेका थिए ।

संघीय संसदले साउन २०७९ मै नागरिकता विधेयक पास गरेको थियो । तर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाइदिएकी थिइन् । फेरि संसदले कुनै पनि बुँदा संशोधन नगरी पास गर्न पठाए पछि यो विधेयक होल्डमा राखिएको थियो।

Author:



क्याटोगरी छान्‍नुहोस