सरकारले एकपछि अर्को राम्रो काम गरेपछि भ्रष्ट तत्वहरू अत्तालिन थालेः प्रधानमन्त्री दाहाल

काठमाडौँप्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले वर्तमान सरकारले देश जनताको हितमा एकपछि अर्को काम गर्न थालेपछिभ्रष्टहरू अत्तालिन थालेको बताएका छन्

शनिबार दिउँसो नुवाकोटको लाँकुरी भञ्ज्याङमा पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले वर्तमानसरकारले देश जनताको हितलाई केन्द्रमा राखेर काम गरेपछि भ्रष्टहरू अत्तालिएको विरोधका लागि विरोधको राजनीति गरेकोबताएका हुन्

सिंहदरबारलाई जनताको घरदैलोमा ल्याउन हामीले ठूलो संघर्ष गर्‍यौँ। त्यसको बलमा मात्र सिंहदरबार गाउँघरमा आएको हो, यसलेस्थानीय क्षेत्रको विकास जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याएको प्रधानमन्त्रीले भने , ‘तर एउटा वर्गलाई यो कुरा मनपरेको छैन। यसलाई फेरि फर्काएर सिंहदरबारमा के गरी लैजाने होला भन्नेहरू पनि छन्।

सरकारले एकपछि अर्को राम्रो काम गरेपछि भ्रष्ट तत्वहरू अत्तालिएका छन्। राम्रो गर्दै नगर्ने, राम्रो गर्नै नदिने तत्वहरू विरोधका लागिविरोध गरिरहेका छन्, तपाई हामी सचेत हुन जरूरी छ।

विकासमा राजनीतिक पूर्वाग्रह राख्नु हुँदैन, विकासका लागि राजनीतिक सहमति राष्ट्रिय संकल्प चाहिन्छप्रधानमन्त्रीले भने, ‘अर्थतन्त्रको चुनौतीका बीच पनि नीति, कार्यक्रम बजेटमा अधिकतम सन्तुलन मिलाएका छौँ। कृषिलाई उच्च प्राथमिकता दिएका छौँ, उत्पादन उत्पादकत्व प्रवर्द्धन गर्ने नीति लिएका छौँ। उत्पादनले नै रोजगारी सृष्टिको ऐतिहासिक पहलको वातावरण बन्छ। कृषिकोअनुदान सिधै किसानको हातमा दिने व्यवस्था गर्छौँ। यतातर्फ सरकारको ध्यान गएको छ।

विदेशिएका युवाहरू स्वदेश फर्काउने कार्यक्रम ल्याएको उनको भनाई राज्य अभिभावक बनेर उत्पादन रोजगारी प्रवर्द्धन गर्न तत्परछ। विदेशबाट आर्जन गरेको पुँजी, सीप, प्रविधिको सदुपयोग गर्ने वातावरण बनाएका छौँउनले भने , ‘यसपटक राष्ट्र जनताको पक्षमाराम्रो मात्र गर्ने, नराम्रो गर्दै नगर्ने नीति लिएको छु। विदेशमा रहेका लाखौं नेपाली सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध भएका छन्।सेवाग्राही कार्यालयका लामालामा लाइन हटेका छन्। यस वर्ष समयअघि नै विद्यालयमा पाठ्यपुस्तक पुगेका छन्। विदेशमा रहेकानेपालीहरूलाई विदेशबाटै मतदानको अधिकार दिने नीति व्यवहारमा कार्यान्वयन हुँदैछ।

Author:



क्याटोगरी छान्‍नुहोस