गठबन्धनबाट चुनाव लडेकाले हामी ठूलो पार्टी भयौँ : सभापति देउवा

काठमाडौँनेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर अघि बढननिर्देशन दिएका छन्

सभापति देउवाले पार्टीमा योग्य, जुझारु गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिवद्ध रहेको समेत बताए शनिबार नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्य समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रजातन्त्रलाई संकटमा आउननदिन पनि नेपाली काँग्रेसलाई बलियो बनाउन लाग्नुपर्ने जिकीर गरे सभापति देउवाले प्रजातन्त्रमाथि फेरि संकट आउन नदिने गरीकाँग्रेसलाई बलियो बनाउन देशभर संगठन निर्माणको अभियान संचालन गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे

अहिलेको बेला नेपाली काँग्रेस पार्टीलाई जिल्ला सम्मेलनमार्फत हरेक जिल्लामा हामीले पार्टीको संगठनलाई गाउँगाउँमा, घरघरमा, वडावडामा पुर्याएर यो पार्टीलाई मजबुत बनाउने काममा सबैलाई सफलता मिलोस् भन्ने कामना गर्दछु यसो गरियो भने पार्टीको देशभरिनै संगठन बलियो भएर जानेछ,’ उनले भने, ‘हाम्रो पार्टी ऐतिहासिक पार्टी २००७ सालदेखि लडदै आएको पार्टी हो यो पार्टीग्रासरुट, गाउँसम्म, वडासम्म, टोलसम्म पु¥याएर यो पार्टी मात्रै प्रजातन्त्रलाई अझ बलियो बनाउने यो पार्टी जति बलियो हुन्छ, जतिसमक्ष हुन्छ त्यतिनै मात्रामा देशमा प्रजातन्त्र सुदृढ भएर जान्छ त्यसपछि मात्रै नेपालमा फेरी प्रजातन्त्रमा संकट आउँदैन प्रजातन्त्रस्थायी भएर जान्छ त्यसका निम्ति महत्वपूर्ण जिल्लाबाट सुरु भएको यो आन्दोलन देशभरीनै यो संगठनलाई बलियो बनाउने, पार्टीलाईबलियो बनाउँदै प्रजातन्त्रलाई बलियो पर्छ

गठबन्धन बनाएर चुनाव लडेका कारणले आज आफ्नो पार्टी सबैभन्दा ठूलो पार्टी बनेको उनले बताए।

Author:



क्याटोगरी छान्‍नुहोस