डाक्टरको दरबन्दी व्यवस्थापन गर्दा आत्महत्याको धम्की आयो : स्वास्थ्यमन्त्री

जनकपुरधाम – स्वास्थ्य तथा जनसख्या मन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी अनुसार डाक्टरहरु व्यवस्थापन गर्दा सचिवालयमा आत्महत्याको धम्की आउन थालेको बताएका छन् ।

बिहीबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेट माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उनले दरबन्दी बाहिर जिल्लामा हुने तर, स्वास्थ्य मन्त्रालयमा काजमा बस्ने डाक्टरहरुको व्यवस्थापन गर्न जोखिम रहेको बताए ।

मन्त्री बस्नेतले आफूलाई अहिलेसम्म धम्की आउन नसके पनि सचिवालयमा भने दैनिक धेरै धम्की आउन लागेको बताए । उनले दरबन्दी अनुसारको डाक्टरहरु व्यवस्थापन गर्ने काम पारलगाएरै छोड्ने बताए । उनले स्वास्थ्यमा डाक्टर व्यवस्थापनको चिरफार गरेर नै छाड्ने प्रतिवद्धता जनाए ।

उनले ८ सय डाक्टरहरु मन्त्रीहरुको पालामा काजमा स्वास्थ्य मन्त्रालय बसेको भन्दै त्यसमा दरबन्दी अनुसारको क्षेत्रमा पठाउने काम गर्ने बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस