उपमेयर मीरालाई थप ४ दिन थुनामा राख्न अनुमति, अझैं पक्राउ परेन महेन्द्र (फलोअप)

राजविराज, २८ असार । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ ।

नागरिकता सम्बन्धि कसूरमा बिहिबार सप्तरी जिल्ला अदालतले उनलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

उनी विरुद्ध थप ४ दिन म्याद थप भएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

असार १९ गते पक्राउ पुर्जी जारी भएपछि २० गते उनी प्रहरीसमक्ष उपस्थित भएकी थिइन् । यसअघि पनि उनी विरुद्ध दुई पटक म्याद थप भएको थियो । यद्यपी, सोही मुद्दाका अर्का आरोपी उनका पति महेन्द्रकुमार यादव भने अझैं फरार छन् ।

उनको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए । ‘सो कसूरमा थप अनुसन्धान भइरहेको छ’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780