चितवन– झापाको कांकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको रात्री बस शुक्रबार बिहान चितवनको दासढुंगामा दुर्घटना भएको छ ।
शुक्रबार बिहान करिब ५ बजेतिर बागमती प्रदेश०१–००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस आफै अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसी रुखमा अड्किँएको थियो ।
बसमा सवार चालकसहित ४० जनामध्ये १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ। घाइतेहरूका पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यलयबाट २५ जनाको उद्धार सहितको टोली खटिएको छ ।