मिटरब्याजीको मुद्दा चलेसँगै पुनः पक्राउ परे दास

राजविराज, २९ असार । सप्तरीको राजविराज नगरपालिका–६ का मनोजकुमार दास गए राति पुनः पक्राउ परेका छन् ।

असार २० गते नै ४२ वर्षीय दास विरुद्ध अनुचित लेनदेन ९मिटरब्याजी० तथा आपराधिक विश्वासघात सम्बन्धि मुद्दा दर्ता भएको थियो ।

सो मुद्दामा पक्राउ पुर्जी जारी भएपछि गए राति उनलाई नियन्त्रणमा लिइएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

दासमाथि थप अनुसन्धान भइरहेको उनले बताए । यसअघि मिटरब्याजीको आरोपमा जिल्ला प्रशासन कार्यालयमा उजुरी परेका दासलाई असार १० गते पनि नियन्त्रणमा लिइएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस