राजविराज टुडेको सहयोगमा उत्कृष्ट तीन जना विद्यार्थी पुरस्कृत

राजविराज – राजविराजबाट प्रकाशित हुने ‘राजविराज टुडे’ दैनिक पत्रिकाको सहयोगमा मातृभूमि प्रतिष्ठान नेपालले हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित वीपी स्मारक पब्लिक माध्यमिक विद्यालयका उत्कृष्ट तीन जना विद्यार्थीलाई पुरस्कृत गरेको छ ।

राजविराज टुडेको तर्फबाट पत्रिकाको प्रमुख सम्वाददाता धर्मपाल राउतले एक लाख रुपैयाँको चेक मातृभूमि प्रतिष्ठान नेपाल संस्थाका अध्यक्ष सुनिल लोगीलाई प्रदान गरेका थिए ।

सोही विद्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा २०७९ को एसईई परीक्षामा सर्वाधिक अंक ल्याएर उत्तीर्ण भएका तीन जना विद्यार्थीलाई २५/२५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कार पाउनेमा २ दशमलव ७ जीपीए ल्याउने दिपेश कुमार माझी, २ दशमलव ६५ जीपीए ल्याउने पिंकी कुमारी साह र २ दशमलव ३५ जीपीए ल्याउने दिपा कुमारी मिश्र रहेकी छन् । मातृभूमि प्रतिष्ठान नेपालले संस्थाको अध्यक्ष लोगीको अध्यक्षतामा आयोजना गरेको पुरस्कार तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहारले उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् ।

प्रमुख अतिथि सुतिहारले सामाजिक काममै लागेको पत्रपत्रिकाले शिक्षामा पनि लगानी गर्नु सराहानीय रहेको बताए । उनले सहयोग गरेकोमा राजविराज टुडेका प्रकाशक शम्भु झाको प्रशंसा समेत गरे । कार्यक्रममा विद्यालयका शिक्षक शिवशंकर मण्डल, भोगेन्द्र प्रसाद साह, स्थानीय युवा संतोष मण्डल लगायतको उपस्थिति रहेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस