काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/०८१ को बजेटसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपतिले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक आइतबार प्रमाणीकरण गरेको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।
राष्ट्रपति कार्यालयले आइतबार विज्ञप्ति निकालेर बजेटसँग सम्बन्धित तीनवटै विधेयक प्रमाणीकरण भएको जानकारी गराएको हो । राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण भएपछि बजेट कार्यान्वयनको बाटो खुलेको छ । आगामी आर्थिक वर्षको बजेट साउन १ गतदेखि कार्यान्वयन हुनेछ ।
आर्थिक वर्ष २०८०/०८१ को बजेट अर्थमन्त्री डा प्रकाशशरण महतले जेठ १५ गते प्रस्तुत गरेका थिए । अर्थमन्त्रीले प्रस्तुत गरेपछि बजेटप्रति प्रतिनिधिसभा र राष्ट्रियसभामा छलफल तथा पारित भई समामुख हुँदै विधेयक प्रमाणीकरणको लागि राष्ट्रपतिसमक्ष पठाइएको हो ।