राजविराज – सप्तरीको महादेवा गाउँपालिका–२ अकबरपुरमा आफ्नै पत्नीलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक युवक पक्राउपरेका छन् ।
पक्राउ पर्नेमा ३५ बर्षीय रामरुप खंग रहेका छन् । रामरुपले आफ्नै ३० वर्षीया पत्नी पार्वती देवी खंगलाई कुटपिट गरी हत्या गरेकोजिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घरायसी विवादमा रामरुपले कुटपिट गरेपछि गम्भीर घाइते भएकी पार्वतीको उपचारका क्रममा राजविराजस्थित अस्पतालमा मृत्युभएको प्रहरीले जनाएको छ । आईतबार राति भएको यो घट्नापछि प्रहरीले रामरुपलाई नियन्त्रणमा लिएको छ ।
रामरुपले पत्नीलाई कुटपिट गरिरहँदा बचाउन गएकी उनकी आमा ६१ वर्षीया समतोलिया खंग घाइते भएकी छन् ।
उनको राजविराजमाउपचार भइरहेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।