पहिराेका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

पहिराेका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएकाे छ । यस सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हाे । इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा आज बिहान पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सो सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन् । उनले भने, ‘पहिरो पन्छाउने क्रम सुरु गरिएको छ । पानी परिरहेकाले पहिरो पन्छाउन कति समय लाग्छ भन्न सकिदैँन ।’

Author:



क्याटोगरी छान्‍नुहोस