राजविराजका अधिकांश क्लिनिक र ल्याब अवैध

राजविराज – संयुक्त बजार अनुगमन टोलीले सोमबार राजविराजका औषधि पसल, ल्याब र क्लिनिकमा अनुगमन गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी (सिडिओ) भूपेन्द्र थापा नेतृत्वको टोलीले अनुगमन गर्दा यहाँका अधिकांश ल्याब र क्लिनिकहरु अनुमति नै नलिई सञ्चालनमा रहेको पाइएको छ ।

नियम विपरित सञ्चालित ती ल्याब र क्लिनिकहरुमा ताल्चा लगाई कानूनी प्रक्रिया अघि बढाइएको सिडिओ थापाले बताए । टोलीमा सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्की, कर कार्यालयका प्रमुख, नगरपालिकाका अधिकृत, स्वास्थ्य कार्यालयका प्रमुख लगायतको उपस्थिति थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस