विराटनगर – कोशी प्रदेशको स्वास्थ्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा)की सांसद निर्मला लिम्बू नियुक्त भएकी छन् ।
शुक्रबार प्रदेश प्रमुख परशुराम खापुङले उनलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । लिम्बू तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि स्वास्थ्यमन्त्री थिइन् ।
जेठ १७ मा पदबाट राजीनामा दिएकी उनले प्रदेशको नामकरणका बेला मतदान नगरी पहिचानको आधारमा नाम नराखिएको भन्दै विरोध जनाएकी थिइन् ।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनुअघि गठबन्धन दलबाट एक–एकजना मन्त्री हुने पूर्वसहमतिअनुसार लिम्बूलाई मन्त्री बनाएका हुन् ।