सप्तरीमा घुस लिँदै गर्दा लेखापाल र एमआईएस अपरेटर पक्राउ

राजविराज – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार विहान सप्तरीको विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर बीरेन्द्रकुमार यादवलाई घुसको रकम लिँदै गर्दा पक्राउ परेका छन् ।

आयोगको इटहरीस्थित कार्यालयका टोलीले राजविराजबाट पक्राउ गरेका लेखापाल टेकनारायण सप्तरी जिल्ला अदालतमा समेत कार्यरत हुन् ।

दुवै जनाको साथबाट २ लाख रुपैयाँ नगद र ३ लाख रुपैयाँको चेक बरामद भएको आयोग श्रोतले प्रारम्भिक जानकारी दिएको छ । थप आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि मात्रै विस्तृत जानकारी आउने जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस