पेस्तोलसहित सर्लाहीबाट दुई जना पक्राउ

जनकपुरधाम – सर्लाहीमा दुई वटा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको हरिपुर्वा नगरपालिका–६ का प्रकाश यादव र जीवन राय यादव छन् । सशस्त्रको बोर्डर आउट पोस्ट (बिओपी) संग्रामपुरले शनिबार राति पक्राउ गरेको हो ।

उनीहरू बिआर१९जीए ४१४१ नम्बरको मोटरसाइकलमा राति पर्सा गाउँपालिका–६ हुँदै भारतबाट नेपाल आउँदै थिए । चेकजाँचका क्रममा पेस्तोल र गोली भेटिएपछि उनीहरू पक्राउ पेका हुन् ।

उनीहरूको साथबाट नगद ११ हजार ६८० र भारतीय बैंकको एटीएम कार्ड पनि बरामद भएको छ । बरामद सामानसहित दुवै जनालाई कारबाहीका लागि शनिबार राति नै जिल्ला प्रहरी कार्यालय सर्लाही बुझाइएको सशस्त्रले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस