नेसपा अध्यक्ष डा.भट्टराई ७ दिने भ्रमणका लागि आज भारत जाँदै

जनकपुरधाम –  पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्षडा.बाबुराम भट्टराई एक साता लामो भ्रमणका क्रममा आज भारत जान लागेकाछन् ।

नेपाल समाजवादी पार्टी प्रवास कमिटीको निमन्त्रणामा भट्टराई भारत जानलागेका हुन्। भ्रमणका क्रममा भट्टराईले नेपाली समुदायसँग छलफल र अन्तरक्रियाका साथै तीज विशेष भेटघाटसमेत गर्ने भट्टराईको सचिवालयले जानकारी दिएको छ ।

सचिवालयका अनुसार नेपालको आर्थिक विकासलगायत विषयमा पनि छलफल गर्ने कार्यक्रम छ । भारत बसाईका क्रममाडा.भट्टराईले नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजीवी, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।

Author:



क्याटोगरी छान्‍नुहोस