मिटरब्याजी विरुद्ध संघर्ष समितिका सचिव पासवानको असुली धन्दा विरुद्ध उजुरी

राजविराज – मिटरब्याजी विरुद्ध संघर्ष समिति सप्तरीका सचिव छेदीलाल पासवानको असुली धन्दा विरुद्ध उजुरी परेको छ ।

पासवानले मुद्दा मिलाइदिन्छु भन्दै ५० हजार रुपैयाँ मागेकोले कारबाही गर्न माग गर्दै जिल्लाको खडक नगरपालिका–३ का चितेन चौधरीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । ‘खडक नगरपालिका–३ कै ननुलाल चौधरीउपर मिटरब्याजीमा निवेदन दर्ता गराएको छु’ उजुरीमा भनिएको छ, ‘सचिव पासवानले जग्गा त्यसै पास हुँदैन, खर्च गर्नुपर्छ भनेपछि मैले सोधे कति खर्च गर्नुपर्छ?, अनि पासवानले तत्काल ५० हजार माग गरे तर आफु पीडित रहेकोले त्यति पैसा छैन् भने ।’

त्यसपछि जग्गा फिर्ता गराईदिने सर्तमा सचिव पासवानलाई ५ हजार दिए पनि जग्गा फिर्ता नगरेको उजुरीमा उल्लेख छ । ‘पासवानले विपक्षी ननु चौधरीसँग मिलेर हालसम्म जग्गा फिर्ता गराई दिएको छैन्’ उजुरीमा भनिएको छ, ‘पासवानलाई सचिव पदबाट बर्खास्त गरि ठगी गरेको ५ हजार रुपैयाँ फिर्ता दिलाईदिनु ।’

प्रमुख जिल्ला अधिकारी (सिडिओ) किरण थापाले पासवान विरुद्ध ठाडो उजुरी आएको बताए । ‘दुई जनाको ठाडो उजुरी आएको छ, हामीले उहाँ (पासवान)सँग वयान लिएर आयोगमा पठाउँछौं’ उनले भने ।

मिटरब्याजी पीडितका समस्या समाधानका निम्ति गठित उक्त समितिका पदाधिकारीहरु ‘वार्गेनिङ्ग’ गर्दै असुली गर्ने गरेको विषयमा यसअघि नै मधेशलाइभले खुलासा गरेको थियो ।

 

Author:



क्याटोगरी छान्‍नुहोस