सिन्धुली – शिक्षक आन्दोलनमा सहभागी हुन काठमाडौ हिँडेका ईलेक्ट्रिक गाडी विपी राजमार्गमा दुर्घटना हुँदा १० जना घाईते भएका छन्।
उक्त गाडी आँफै अनियन्त्रित भई सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटार नजिक दुर्घटना भएको हो । कमलामाई–८ बस्ने २६ कोतेज बहादुर कार्कीले चलाएको म.प्र.०४–००१ ज.००६२ नं. को गाडी अनियन्त्रीत भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीलेजनएको छ ।
दुर्घटनामा परि जिल्ला सिन्धुली कमलामाई नगरपालिका वडा नं. ६ बस्ने बर्ष ४६ को निर कुमार चालिसे दुवै हात भाँचिएको प्रहरीलेजनाएको छ ।
त्यस्तै गरी अन्य घाइते हुनेहरुमा काभ्रे बनेपा नगरपालिका १० बस्ने बर्ष ४० की गार्की बस्नेत, सिन्धुली कमलामाई नगरपालिका ५ बस्नेबर्ष ४६ को कमला घिमिरे, कमलमाई १० कै ४० को राजन कार्की, कमलमाई वडा नं १ बस्ने बर्ष ३४ को मुकुन्द थापा, वडा १ कै बर्ष ४१को भुवन थापा, वडा ४ बस्ने का ४० की बबिता देवकोटा, वडा ६ बस्ने बर्ष ४६ को बिष्णु ढकाल, सोही वडाका ११ वर्षका को निश्चलढकाल र वडा ६ बस्ने बर्ष ४० का सरोज थापा घाइते भएका छन् ।
घाइते हुने गंगा भने गर्भवनीसमेत रहेको बताइएको छ। उनीहरुको उपचारकालागि काभ्रेस्थित धुलिखेल आस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।