आजदेखि बडादसैँ सुरु, घर-घरमा घटस्थापना गरिँदै

जनकपुरधामआजदेखि नवरात्र प्रारम्भ भएको नवरात्रको पहिलो दिन आजघरघरमा घटस्थापना गरिन्छ

पञ्चांग निर्णायक समितिका अनुसार घटस्थापनाको शुभसाइत आज आइतबारबिहान ११ बजेर २९ मिनेटमा रहेको काठमाडौंको हनुमान ढोकास्थित दसैंघरमा पनि घटस्थापनाको शुभसाइतमा जमरा राखिँदै आश्विन शुक्ल पक्षप्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ

यसै दिनदेखि नवरात्री आरम्भ हुन्छ यो दिन घर घरमा जमरा राखिन्छ कलशको स्थापना गरी देवीदेवताको आह्वान गरिन्छ यस दिन विहानैआत्मशुद्धी गरी नदी, खोला, बगर तथा आफूलाई पायक पर्ने ठाउँमा गई चोखोबालुवा या माटो ल्याई दसैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्नजौ, मकैलगायतका अनाज छर्ने गरिन्छ माता भगवतीलाई मनपर्ने बनस्पतिजमरा भएकाले भगवतीलाई खुशी पार्नका लागि जमरा उमार्ने गरिएको धार्मिकमान्यता

यसैगरी माटोको विशुद्ध जलपूर्ण घडाको वरिपरि नौवटा देवीको स्वरुपकोप्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ घडाकोवरिपरि जौ छर्ने गरिन्छ त्यसपछि अनन्त शक्तिस्वरुपा महाकाली, महालक्ष्मी महासरस्वतीको पूजाआजा गरिन्छ यसै दिनदेखि नवमीसम्म घरघरमा देवीकामन्दिरमा पहिलो दिनजस्तै भगवती दुर्गाको पूजा, आराधना प्रार्थना गरिन्छ दुर्गासप्तशती चण्डी पाठ गरिन्छ

आज राखिएको जमरा देवीको प्रसादका रुपमा विजया दशमीका दिनमान्यजनको हातबाट टीकासँगै लगाइने गरिन्छ उपत्यका लगायत देशैभरकादेवी मन्दिरह लगायत शक्ति पीठहरुमा विहानैदेखि दर्शन गर्न जानेको घुईंचोलागेको आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गादेवीलाई कात्तिक गते मंगलबार विजयादशमीका दिन विसर्जन गरीमान्यजनबाट प्रसादका रुपमा टीका, जमरा फूल प्रसाद ग्रहण गरिन्छ

यस वर्ष कात्तिक गते देवी विसर्जनको साइत बिहान १० बजेर ३७ मिनेटमा टीका जमरा ग्रहण गर्ने उत्तम साइत ११ बजेर मिनेटमा रहेको समितिले जनाएको

Author:



क्याटोगरी छान्‍नुहोस