मन्त्रिपरिषद् बैठक सकियो

काठमाडौंमन्त्रिपरिषद् बैठक सकिएको बैठक सवा बजेदेखि सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरुभएको थियो

बैठकले राष्ट्रिय मानव अधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिइएकोहो  बैठकपछि सञ्चारकर्मीहरूसँग निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले नेपाल इजिप्टबीचको युवातथा खेलकुदसम्बन्धी समझदारीपत्रमा समकक्षीलाई हस्ताक्षर गर्न युवा तथा खेलकुद मन्त्रालयलाई स्वीकृत प्रदान गरेको बताइन्  

उनले नेपाल कतार सरकारबीच हुने संलग्न प्रोटोकल बिटुइन गभर्मेण्ट अफ नेपाल एण्ड गभर्मेण्ट अफ स्टेट अफ कतार अनकोप्रेसन इन फिल्ड अफ प्रेस एण्ड इन्फरमेशन विषयक संलग्न समझदरी पत्र स्वीकृत गर्ने मन्त्रालयलाई सरकारको तर्फबाट उक्तसमझदारी पत्रमा समकक्षी मित्रलाई हस्ताक्षर गर्न अख्तियारी दिने निर्णय गरेको पनि बताइन्  

Author:



क्याटोगरी छान्‍नुहोस