जनकपुरधामको राजदेवी मन्दिरमा दिइयो १५ हजार २५१ बोकाको बलि

जनकपुरधाम– नेपालमै प्रसिद्ध रहेको जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १५ हजार २ सय ५१  बोकाको बलि दिइएको छ ।

महाअष्टमीको साँझ राजदेवीमा बोका बलि दिने परम्परा रहेको छ । जसअनुसार आइतबार साँझ ८ बजेर २० मिनेटदेखि बली प्रदान सुरुभएको थियो ।

सोमबार  बिहान ४ बजेसम्ममा उक्त बलि प्रदान भएको जनाएको छ । स्थानीय महावीर युवा कमिटी, गणेश युवा कमिटी, राम युवाकमिटीले बोका बलीको व्यवस्थापन गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस