सिरहामा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु, एक गम्भिर

लहान–सिरहाको सिरहा नगरपालिका–१९ सन्हैठास्थित हुलाकी राजमार्गमा दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा तीन युवकको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स२प ४५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल बुधवार साँझ एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा सिराहाको अर्नामा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार दुवै मोटरसाइकलका चालकले हेलमेट लगाएका थिएनन् । घाइते १५ वर्षीय युवराजकुमार यादवलाई उपचारका लागि गए राति नै विराटनगर पठाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस