अख्तियारको प्रवक्तामा सहसचिव नरहरि घिमिरे

जनकपुरधाम –अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव नरहरि घिमिरेले पाएका छन् ।

सोही आयोगमा कार्यरत सहसचिव घिमिरेलाई प्रवक्ताको जिम्मेवारी दिइएको आज एक सूचनामार्फत अख्तियारले जानकारी दिएको हो । उनले आजकै मितिबाट प्रवक्ताको जिम्मेवारी सम्हाल्ने छन् ।

साथै, प्रवक्तासँग सम्पर्क गर्नका लागि टेलिफोन ०१–५२६२२३ र मोबाइल नम्बर ९८५१२३३२८१ को व्यवस्था गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस