ग्रामीण खबरका अध्यक्ष मेहतासहित दुई जना पत्रकार सम्मानित

विराटनगर–ग्रामीण खबरका अध्यक्ष अरविन्द मेहतासहित दुई जना पत्रकार सम्मानित भएका छन् । मोरङका पत्रकारहरुको सक्रियतामा १२ बर्षदेखि सञ्चालित संचारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले अध्यक्ष मेहतासहित नरेन्द्र दाहाललाई सम्मान गरेको हो ।

संस्थाले आयोजना गरेको साधारण सभा समारोहमा दुवै जनालाई डिग्री क्याम्पस विराटनगरका प्रमुख ढकबहादुर मगरले सम्मान–पत्रसहित दोसल्ला ओढाएर सम्मानित गरेका हुन् । सञ्चार सहकारीले प्रत्येक बर्ष उत्कृष्ट ऋणी तथा बचतकर्ता गरी दुई जनालाई सम्मान गर्दै आएको छ ।

सञ्चार सहकारीबाट उत्कृष्ट ऋणीका रुपमा सम्मानित भएकोमा अध्यक्ष मेहताले खुशी व्यक्त गर्दै संस्थालाई धन्यवाद समेत दिए । समारोहमा क्याम्पस प्रमुख मगर, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कार्यवाहक अध्यक्ष लवदेव ढुङ्गना, सञ्चार सहकारीका पूर्व अध्यक्ष मोहन भण्डारी, अध्यक्ष दीपक दाहाल र उपाध्यक्ष महाप्रसाद खतिवडा तथा लेखा समितिका संयोजक अविनाश नीधिले कार्यक्रम र सहकारीको उपयोतागिताबारे प्रकाश पारे ।

एक सय १४ जना शेयर सदस्य रहेको उक्त संस्थाले आर्थिक बर्ष ०७९/०८० मा ६ लाख १८ हजार ३ सय ३५ रुपैयाँ मुनाफा गरेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस