प्रहरी समायोजन प्रक्रिया १५ दिनभित्र टुंग्याउन प्रधानमन्त्रीको निर्देशन

जनकपुरधाम – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी समायोजन प्रक्रिया १५ दिनभित्र टुंग्याउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा अधिकारीसँगको छलफलमा उनले उक्त निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री दाहालले नेपाल प्रहरी (प्रदेश प्रहरी कार्यसञ्चालन र समन्वय) ऐन, २०७६ जारी भएको लामो समय बित्दासमेत समायोजन अघि नबढेको भन्दै १५ दिनभित्र समायोजनको प्रक्रिया टुङ्गाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संघीयता कार्यान्वयन जुन गतिका साथ हुनुपर्ने हो, त्यो हुन नसक्दा त्यसको प्रत्यक्ष प्रभाव प्रदेशहरूलाई परिरहेको बताउँदै प्रधानमन्त्रीले एकातर्फ प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकारका काम प्रभावित भएको छ भने अर्कोतर्फ यसैलाई बहाना बनाएर विरोधीहरूले संघीयतामाथि हमला गरिरहेको बताए ।

बैठकमा गृहमन्त्री श्रेष्ठ, मन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर र गृह मन्त्रालयका अधिकारीलगायतको उपस्थित थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस