मधेश प्रदेश सरकारको स्वाभिमान दिवसः पूर्व सांसदहरु सम्मानित

जनकपुरधाम, ३ माघ । मधेश प्रदेशको नामाकरण तथा स्थायी राजधानी घोषणा भएको ऐतिहासिक दिन स्वाभिमान दिवसको अवसरमा तात्कालीन प्रदेश सभाका सदस्यहरुलाई बुधबार एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा बुधबार आयोजित कार्यक्रममा प्रमुख अतिथि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष, सांसद तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले अधिकार सम्पन्न नभए संंघीयताको कुनै अर्थ नरहने बताए । अधिकारको लागि केन्द्रलाई घचघचाइरेको आठ बर्ष भएको प्रसङ्ग कोट्याउँंदै नेता यादवले बिना साधन स्रोतको अवस्थामा मधेश प्रदेशले बेथिति बेहोर्नु परेको उल्लेख गरे । उनले भने, सबैलाई सम्मान, अवसर चाहिन्छ, सम्मान र पहिचानको लडाई जारी छ ।
जसपा अध्यक्ष यादवले अधिकारको संघर्षसंँगै मधेशमा सुशासनको आवश्यकता पनि उतिकै रहेको बताए । भ्रष्टाचार र कमिशनतंन्त्र सुशासनको शत्रु भएको तथ्यतर्फ सङ्केत गर्दै अध्यक्ष यादवले सुशासनको लागि शपथ लिन पनि भावपूर्ण शब्दमा आह्वान गरे । संंघीयता त अरुलाई पनि चाहियो तर हाम्रो लागि संघीयता प्राणवायु रहेको बताउँदै उनले राजनीतिकर्मीहरुलाई भ्रष्टाचारको दलदलमा नफंँस्न पनि आग्रह गरे ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सभामुख हुँंदा नामाकरणमा आफूले खेलेको भूमिकाबारे प्रकाश पार्दै नियमावली संशोधन गरी गोप्य मतदान गर्न लगाएपछि स्थिति फेरिएको बताए । लालबाबु राउत नेतृत्वको तात्कालीन सरकारसँग सामान्य बहुमतमात्र रहेको अवस्थामा प्रदेशसभा सदस्यहरुसँग वन टु वन कुरा गरेको स्मरण समेत मुख्यमंत्री यादवले गरे ।
उक्त अवसरमा नेपाली कांग्रेस मधेश प्रदेशका सभापति तथा भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादवले मधेश आन्दोलन एवम् मधेश प्रदेश नामाकरणमा नेपाली कांग्रेसको पनि योगदान कम नरहेको चर्चा गरे । ६१ लाख आवादीमा १३ अर्ब बजेट, कतै १८ लाख आवादीमा १८ अर्ब बजेट छ, अन्याय अहिले पनि भइरहेको उदाहरण अघि सार्दै उनले बताए ।
अर्थमन्त्री सञ्जय कुमार यादवले मधेश र मधेशी जनताको अधिकार कुण्ठित गरी अन्तरिम संविधानमा नाम नलेखिदा संविधान जलेको प्रसङ्ग उल्लेख गरे । मधेशीलाई दोस्रो दर्जाको नागरिक ठानिदा ठूलो आन्दोलन भएको बताउंदै उनले यो मात्र स्वाभिमान दिवस हैन यसले मधेशीलाई अन्तर्राष्ट्रियस्तरमा मान सम्मान दिलाएको धारणा राखे ।
एकीकृत समाजवादी पार्टीका नेता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपानेले आफूहरुको काँधमा ठूलो जिम्मेवारी आएको प्रसङ्ग अघि सार्दै कृषिमा लाग्न नचाहने युवा जमातलाई कृषितर्फ फर्काइनुपर्ने आवश्यकता औंल्याए । मधेश प्रदेशलाई समृद्ध खुशहाल बनाई मधेश प्रदेशको गौरव कसरी कायम गर्नेतर्फ सबै केन्द्रित हुन उनले अपील गरे ।
उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले सात प्रदेशमध्ये पहिचानको आधारमा मधेश प्रदेशको मात्र नामाकरण हुनसक्नु गर्वको कुरा भएको बताए । चुनौती अझ छन्, संघीयतामाथि बारम्बार प्रहार भइरहेको बताउंदै उनले संघीयता बचाउन अधिकारवादीहरुलाई अग्रणी भूमिका खेल्न तयार रहन समेत आव्हान गरे । पूर्व मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेश नामांकरणमा सबै राजनीतिक दलका नेताहरुको भूमिका रहेको चर्चा गर्दै मधेश स्वाभिमान दिवस घोषणाको प्रशंसा गरे ।
कार्यक्रमको अध्यक्षता गर्दै गृह, सञ्चार तथा कानून मन्त्री मोहम्मद समीमले मधेशका लागि जब जब परीक्षा दिनुपरे आफू कसीमा खर्रो रुपमा उत्रिने प्रतिवद्धता व्यक्त गरे । भ्रष्टाचारको मामिलामा आफू शून्य सहनशीलतामा प्रस्तुत हुने उनले विश्वास समेत व्यक्त गरे ।
उक्त अवसरमा गृह, सञ्चार तथा कानून मन्त्रालयका निमित्त सचिव उत्तम खरेलले स्वागत सहित दिवसको विषयमा चर्चा गरे ।
Author:



क्याटोगरी छान्‍नुहोस