राजविराज नगरपालिकामा किन बल्झियो विवाद ? (भिडिओ)

राजविराज–पछिल्लो केही समय यता राजविराज नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच विवाद बल्झिएको छ।

उपभोक्ता समितिलाई कमबढी भुक्तानी, शाखा प्रमुखको जिम्मेवारी बाँडफाँड र आन्तरिक राजनीतिका कारण विवाद सतहमा आएको हो। कर्मचारीले सुरु गरेका विवादले कामकाज समेत अवरुद्ध हुन थालेको नगरपालिकाकी कार्यवाहक मेयर इसरत परविनले मधेशलाइभसँग कुरा गर्दै बताइन् ।

‘हामी नियममा रहेर मात्रै काम गर्न सक्छौ । जस्तो भुक्तानीकै विषयमा मसमक्ष एउटै गुनासो वा निवेदन आएको छैन् तर योजना शाखाका प्रमुख मनोजकुमार यादव ज्यूकै भनाईमा भन्ने हो भन्ने सबै भुक्तानी घटाएर भएको छ अर्थात उपभोक्तालाई घाटा लाग्यो रे तर हामीले कामअनुसारको भुक्तानी गरेकै हो’ उनले भनिन्, ‘निवेदन आएको खण्डमा हामी फेरी  नापजाँच गर्छौं र कम भुक्तानी दिइएको पाइए ती प्राविधिकलाई कारबाही गर्न सक्छौं तर अहिले वडाध्यक्ष ज्यूहरु पनि दुई–तीन जना कर्मचारीको नामै तोकेर एउटा निवेदन हाल्नुभएको छ की उहाँहरुलाई हटाउनू ।’

अनि कसरी हटाउन मिल्छ ?, हटाउनुअघि स्पष्टिकरण त लिनुपर्यो नि भन्दै कार्यवाहक मेयर परविनले भनिन्, ‘त्यसै बढी भुक्तानी दिँदा हामी पनि फस्छौं नि त, यही कारण रैंछ विवादको ।’

उनले एउटा कर्मचारीको व्यक्ति ‘इस्सु’लाई लिएर अप्ठ्यारो पारेको आरोप लगाइन् । ‘अब जनता अघि आउनुपर्दछ, यहाँ के भइरहेको छ भन्ने विषय बुझ्ने उनीहरुको अधिकार हो, अबको प्रत्येक्षक कार्यपालिकाको बैठक ‘लाइभ’ हुनुपर्यो’, उनले भनिन् ।

भिडिओः

उता, प्रशासन शाखाका प्रमुख समेत रहेका यादवले म्याद नथपिएका कर्मचारीलाई हटाउन खोज्दा आफुमाथि त्यस्तो आरोप लगाएको प्रतिक्रिया दिए । ‘ज्यालादारमा राखेका कर्मचारीको पुस ३० गते नै म्याद समाप्त भइसकेको छ तर अझैं काम गराइरहनुभएको छ’, उनले भने, ‘देशमा नियम कानून छ की छैन? त्यस्तैले त्यस्तो आरोप लगाएको हो ।’

Author:



क्याटोगरी छान्‍नुहोस