शीतलहरबाट पीडित परिवारलाई आशियाद्वारा ब्ल्यांकेट वितरण

राजविराज – राजविराजस्थित आशिया पार्टी प्यालेशले शीतलहरबाट जनजीवन कष्टकर बनेका विपन्न परिवारलाई ब्ल्यांकेट वितरण गरेको छ।

शुक्रबार आफ्नै पार्टी प्यालेशमा एक कार्यक्रमको आयोजना गरी ती परिवारलाई ब्ल्यांकेट वितरण गरिएको हो । आर्थिक रुपले पछि परेका ३५ परिवारलाई ब्लयांकेट बितरण गरिएको पार्टी प्यालेशका संचालक अकबर हुसैनले बताए ।

उनकै अध्यक्षतामा भएको कार्यक्रममा उनीसहित नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देव, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झासहितकाले ब्ल्यांकेट बितरण गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष देवले कुनै समाजमा स्थापना हुने संस्थाले समाजप्रतिको उत्तरदायित्व पनि बुझ्नुपर्ने बताउँदै आशियाले निर्वाह गरेको यो दायित्वप्रति धन्यवाद दिए । सो कार्यक्रममा पत्रकारहरुलाई समेत सम्मान गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस