उपकुलपति र रजिष्टारले बदमासी गरेको भन्दै कृषि विश्वविद्यालयमा तालाबन्दी

राजविराज–विश्वविद्यालयको उपकुलपति र रजिष्टारले सुशासन मिचेर जनभावना विपरित कार्य गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले आइतवार मधेश कृषि विश्वविद्यालयमा तालाबन्दी गरेका छन् ।

उनीहरु आइतवारै उपकुलपतिलाई ज्ञापन पत्र बुझाउँदै तालाबन्दी गरेका हुन् । ‘विश्वविद्यालयको सहकुलपति मेधश प्रदेश सरकारका शिक्षा तथा सांस्कृति मन्त्री महेशप्रसाद यादवलाई जानकारी नै नदिई विश्वविद्यालयको कामकाजलाई अगाडी बढाएको हर्कतहरु निन्दनीय तथा खेदजनक छ’ ज्ञापन पत्रमा उल्लेखित रहेको छ ।

ती कार्य नगर्न सप्तरी जनमत पार्टीले पटक पटक आग्रह गर्दा पनि वेवास्ता गरेर अवमुल्यन गरेको भन्दै उनीहरुले अनिश्चितकालिन तालाबन्दी गरेको पार्टीका ईन्चार्ज रामगमन साहले जानकारी दिए । उनका अनुसार विश्वविद्यालयमा दलिय कुरुता बन्द गर्नुपर्ने, डिपिआरमा भएको भ्रष्टाचारको छानविन गर्नुपर्ने, ठेक्कापट्टामा भइरहेको मिलोमतो बन्द गर्नुपर्ने, परीक्षा बोर्ड विना लिएको परीक्षाको छानविन गर्नुपर्ने, न्युक्तिमा राजनीतिकरण बन्द गर्नुपर्ने र ऐन कानूनलाई पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने माग अघि सारिएको छ ।

पूर्वनिर्धारित कार्यक्रम सोमवार विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रम रहेको छ । शिलान्यास कार्यक्रमको पूर्व सन्ध्यामा विश्वविद्यालयमा तालाबन्दी भएपछि ती कार्यक्रम पनि प्रभावित हुनसक्ने सम्भावना बढेको छ । यद्यपी, ती विषय समाधानका लागि पहल भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस